सुदूरपश्चिमेली समाज जापानद्वारा सुदुरपश्चिमका अपाङ्ग बालबालिकालार्इ अार्थिक सहयाेग

जापान । सुदूरपश्चिमेली समाज जापानले सुदुरपश्चिमका अपाङ्ग बालबालिकाको शैक्षिक गुणस्तर वृद्धिका लागि शैक्षिक सहयोग गर्ने जानकारि दिएकाे छ।

समाजले सुदुरपश्चिमकाे शैक्षिक गुणस्तर वृद्धिका लागि आर्थिक सहयोग गर्न लागेको बताएकाे छ । समाजले सुदूरपश्चिमका आठ जना अपाङ्ग बालबालिकालाई छनौट गरि शैक्षिक सहयोग गर्न लागेको हो ।

छनाैटमा परेका बालबालिकाहरुमा बैतडी बसन्तपुरका पुजा ठगुन्ना र मनोज ठगुन्ना , दार्चुला लटिनाथका योगेश सिंह र सुनिल भट्ट , अछाम साफेबगरका अंकित कुँवर र विनायकका हिमाल अधिकारी रहेका छन् ।

त्यसैगरी कैलाली पथरैयाका दुर्गा कुमारी थापा र कन्चनपुरका हरिश चुनारा पनि सो छनोटमा परेका छन् ।

पहिलो चरणमा सुदुरपश्चिमका बैतडी ,दार्चुला ,अछाम ,कैलाली र कंचनपुरका अपाङ्ग बालबालिकालाई सहयोग गर्ने समाजले बताएको छ ।

साे समाजका अध्यक्ष पूर्ण चलाउनेले छनोटमा परेका प्रत्येक अपाङ्ग बालबालिकालाई जनही २० हजार जापानी येन उपलब्ध गराइने बताएका छन ।

उनले आगामी दिनमा सुदुरपश्चिमको शैक्षिक क्षेत्रमा थप प्रभावकारी कार्यहरु गर्ने पन बताएका छन ।

सुदूरपश्चिमेली समाज जापानले  यसभन्दा अघि पनि सुदुरपश्चिमका विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको छ ।

– See more at: http://nepalsandesh.com/2016/11/19/185647/#sthash.X97lzJ1b.dpuf

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?