टोकियो विश्वविद्यालयमा निर्मित ‘ डीपजेनगो ‘ ले गो खेलका प्रख्यात खेलाडीलाई हरायो

जापान । एशियाका वुद्दीचाल जस्तै खेल ‘गो’ का प्रख्यात खेलाडीलाई आर्टिफिसियल इन्टलिजेन्स द्वारा संचालित कम्प्युटरले पहिलो तीन खेलहरुमा पराजित गरिदिएको छ ।

प्रख्यात खेलाडी चो चिकुनलाई डीपजेनगो नामक प्रोग्राम जडित कम्प्युटरले पराजित गरेको हो । रिसर्चरहरुले त्यो सफ्टवेयर टोकियो विश्वविद्यालयमा अन्य सफ्टवेयर डेभलपरहरु संग मिलेर निर्माण गरेका थिए ।

सो सफ्टवेयर निर्माण गर्दा आर्टिफिसियल इन्टलिजेन्स अन्तर्गतको डीप लर्निंग विधिलाई थप विकास गरेर प्रयोग गरिएको थियो ।
आज भन्दा एक वर्ष अघि पनि त्यस्तै सफ्टवेयर अल्फागो ले विश्वकै उत्कृष्ट गो प्लेयरलाई हराईदिएको थियो ।

त्यो सफ्टवेयर भने गुगलले निर्माण गरेको थियो । गो को बाँकी दुई खेलहरु आज र फाईनल खेल बुधवार हुने भएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?