अमेरिकाको बिरोधकै बीच जापानी प्रधानमन्त्रीले गरे पेरुसँग खतरनाक सहमति

जापान । अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्पको असहमतिका बाबजुद प्रशान्त पार साझेदारी टीपीपी मुक्त व्यापार सम्झौताका लागि जापान र पेरु सहमत भएका छन् । जापान र पेरुका शीर्ष नेताहरुबीच यो सन्धीलाई लागु गर्नेबारे सहमति बनेको हो ।

एसिया प्यासिफीक इकोनोमिक कोअपरेशनको शिखर सम्मेलनका क्रममा पेरुको राजधानी लिमा जापानी प्रधानमन्त्री सिन्जो आबे र पेरुका राष्ट्रपति पेड्रो पाब्लोबीच यो सन्धी कार्यान्वयन गर्ने विषयमा सम्झौता भएको हो ।

उनीहरुका बीच करिब एक घण्टा यही विषयमा वान टु वान टक भएको थियो । भेटवार्ता पश्चात् पेरुका राष्ट्रपति पेड्रोले आफुहरु यो सन्धीको अक्षरस पालना गर्नुपर्ने पक्षमा रहेको बताएका थिए ।

आबेले पनि आर्थिक विकासका लागि यो सन्धी रणनीतिक रुपमा लाभदायक भएको बताएका थिए यो सम्मेलनमा विश्वका उदयीमान अर्थतन्त्र भएका २१ देशका शीर्ष नेताहरुको सहभागिता रहेको थियो ।

पेरु पुग्नु पहिले आबेले अमेरिकामा ट्रम्प सँग भेटवार्ता गरेका थिए ।

तर, अहिले पेरुसँगको यो सन्धी कार्यान्वयन गर्ने सन्दर्भमा भएको छलफल पश्चात् अमेरिका र जापान बीचको सम्बन्धमा के हुने हो भन्दै अमेरिकी मिडियाहरुले पश्न उठाएका छन् ।

अमेरिकाले यो सन्धीले आफ्नो देशको आर्थिक विकासमा अप्ठेराेमा पर्ने बताउँदै आउको छ भने ट्रम्पले चुनावी नाराका रुपमा यो सन्धीको खारेजीलाई उठाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?