गोरखा समाज जापानको अधिवेशन नोभेम्वर २७ मा हुँदै, तयारी अन्तिम चरणमा

टोकियो । गोरखा समाज जापानको प्रथम अधिवेशन नोभेम्वर २७ मा हुने भएको छ । गोरखाबाट जापान आई विभिन्न पेशा व्यवसायमा आवद्व गोर्खालीहरु संगठित हुँदै अधिवेशनको तयारीमा जुटेको हो ।

समाजको नोभेम्वर १३ तारिखमा बसेको कार्यलय टिम र विधान समितिको बैठकले अधिवेशन तयारीका लागि संयोजक चुडामणि भट्टराईको संयोजकत्वमा विभिन्न उपसमिति निर्माण गरि कार्यविभाजन समेत गरेको छ ।

समाजको अधिवेशन शिन ओकुबो स्थित बाराकाँडे रेष्टुरेन्टको बाराकाँडे गुड टाईम्स हलमा विहान १० बजेबाट सुरु हुने अधिवेशन आयोजक समितिले जनाएको छ ।

समाजले जापान भर छरिएर रहेका गोर्खालीहरुलाई संगठित गर्ने उदेश्यले क्षेत्रीय समिति विस्तार समेत गर्ने निर्णय गरेको छ । जसमा नोभेम्वर २० तारिख आईतवार तोचिगीमा भेला गर्ने संयोजक भट्टराईले बताएको छ ।

तोचिगी क्षेत्रमा आईतवार हुने भेलाको सम्पूर्ण तयारी पुरा भएको कार्यलय सदस्य तथा तोचिगी क्षेत्र प्रतिनिधि राजु पनेरुले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?