जापानसंगकाे मैत्रीपूर्ण फुटबल खेलमा नेपालकाे शानदार जित

जापान । नेपाल र जापानबीचको मैत्रीपूर्ण फुटबल खेलमा जापानलाई १ – ० ले पछी पार्दै नेपालले शानदार जित निकालेको छ।

नेपालकाे सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न भएके मैत्रीपूर्ण फुटबल खेलमा पहिलो हाफ बराबरीमा सकिएको थियो ।

नेपालको जितका लागि दोस्रो हाफमा नेपालका नवयुग श्रेष्ठले खेलकाे ५८ औँ मिनेटमा गरेको गाेल नै नेपालको जितका लागि निर्णायक बन्यो ।

नेपालले खेल अवधिभर जापानलाई पूर्णरुपमा प्रतिरक्षा गरेर शानदार जित निकालेको हो । नेपाली टोलीसामु जापानी टोली निक्कै दबाबमा मैदानमा उत्रिएको थियो ।

दुई देशबीचको दाैत्यसम्बन्ध स्थापना भएको ६० औं वर्षगाँठको अवसरमा नेपाल र जापानबीच मैत्रीपूर्ण फुटबल सम्पन्न भएको हो ।

गत वर्षको विनाशकारी महाभूकम्पका पीडितहरूका लागि सहयोग जुटाउने उद्देश्यसहित सोलिडारिटी कप जितेर फर्किएको नेपाली राष्ट्रिय फुटबल टोली फ्रेन्ड्स अफ जापानबीच प्रतिस्पर्धा भएको हो ।

फ्रेन्ड्स अफ जापानमा जे लिगसहित युरोपेली लिगको अनुभव बटुलिसकेका खेलाडीहरू सहभागी थिए ।

जापानी टोलीमा सन् २००२ मा जापान र दक्षिण कोरियाले संयुक्त रूपमा आयोजना गरेको फिफा विश्वकपमा प्रतिस्पर्धा गरेका टोडा काजुयुकी थिए ।

काजुयुकीले इङ्लिस क्लब टोटनहाम हर्टस्परबाट समेत व्यावसायिक फुटबल खेलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?