सुर्य कर्पोरेसनले वर्किङ्ग भिसामा परिवर्तन गराउने सम्वन्धि सेमिनार गर्दै (शहरको नाम सहित)

टोकियो । विद्यार्थीहरुलाई लक्षित गर्दै सुर्य कर्पोरेसन जापानले विभिन्न शहरहरुमा नि:शुल्क सेमिनारको आयोजना गर्ने भएको छ ।

जापान मै अध्ययन गरी युनिभर्सिटी र भोकेसनल स्कुल २०१७ को मार्चमा पास हुने विद्यार्थीहरुलाई केन्द्रमा राखेर सो नि:शुल्क सेमिनार गर्न लागिएको हो ।

जापानका प्रमुख शहरहरुमा दुई दिवसीय नि:शुल्क सेमिनार आयोजना गरी विद्यार्थीहरुलाई प्रतिष्टित कम्पनीहरुमा भिसा परिवर्तन गराउने लक्ष्य लिएको कर्पोरेसनले जनाएको छ ।

भिसा परिवर्तनका लागि कर्पोरेसनले ३ आधारहरू तोकेको छ । जसमा जापानमा युनिभर्सिटी, भोकेसनल स्कुल तथा नेपालमा व्याचलर पास गरेका हुनु पर्ने आधार निर्धारण गरेको छ ।

सेमिनारमा भाग लिन बायो डाटा (फोटो सहित) , पासपोर्टको कपि र रेसिडेन्सी कार्ड ल्याउनु पर्ने कर्पोरेसनले जनाएको छ । कर्पोरेसनले १२ स्थानहरुको ठेगाना केहि दिनमा सार्वजनिक गर्ने बताएको छ ।

शहरको नामहरु 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?