गल्काेट समाज जापानकाे भव्य सांगीतिक कार्यक्रमकाे तयारि तिब्र

जापान । गल्कोट समाज जापानले गत वर्षको जस्तै यस वर्ष पनि पूर्व घोषणा बमोजिम सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने समाजका अध्यक्ष नर बहादुर थापाले जानकारी दिएका छन् ।

उनले डिसेम्बर ३१ नागोया, जनवरी १ ओसाका र जनवरी २ को टोकियोमा आयोजना गर्नको लागिएको सो कार्यक्रमको तयारीलाई तिब्र रुपमा अगाडी बढाइएको  बताएका छन् । थापाले सांगिती कार्यक्रममा ख्याती प्राप्त तिन कलाकारकाे सहभागिता रहने  बताएका छन् ।

गल्कोट समाज जापानले सांगीतिक कार्यक्रमबाट संकलित रकमलाई भूकम्प प्रभावित तथा बिकट क्षेत्रमा ७ कोठे बिद्यालय भवन बनाउन एवम् गल्कोट क्षेत्रको पर्यटन प्रवर्द्दन लागि खर्चिने बताएको छ ।

गत वर्ष अयोजना गरिएको सांगीतिक कार्यक्रमबाट संकलित रकमलाई समाजले गल्कोट क्षेत्रका सम्पूर्ण गाबिसका प्राथमिक स्वास्थकेन्द्र तथा स्वास्थ चौकिहरुमा स्वास्थ उपकरण वितरण तथा निशुल्क बृहत स्वास्थ शिबिर सम्पन्न गरेको थियो । यस भन्दा पहिला गल्कोट समाजले गल्कोटमा गल्कोट एम्बुलेन्स भित्राएको थियो ।

यस प्रकारका साामाजिक कामबाट निकै प्रशंसित बनेको गल्कोट समाजले गत वर्षको सफलतालाई नियाल्दै यस वर्ष पनि आफ्नो क्षेत्र भन्दा बाहिरका पिडित क्षेत्रलाई सहयोग गर्ने योजना बनाएको छ ।

समाजका अध्यक्ष समर बस्नेतले यस वर्षको कार्यक्रमा गत वर्षको जस्तै आर्थिक भार परेकाले सम्पुर्ण जापान बासी दाजुभाई तथा दिदी बहिनीबाट गत वर्ष झैं साथ, सहयोग र समर्थनको आशा गरिएको बताएका छन् ।

साथै उनले यस कार्यक्रमबाट संकलित रकमबाट गल्कोट भन्दा बाहिर शिक्षा क्षेत्रमा महत्वाकांसी काम गर्न लागेकोले कार्यक्रममा सहभागी भई सहयोग गरिदिन आग्रह गरेका छन् ।

उनले सम्पुर्ण सहयोग दाता तथा दर्शहरूकाे उपस्थिती समाजले निर्माण गर्न लागेको बिद्यालय को पनि हिस्सा स्वरुप रहने बताउदै कार्यक्रममा उपस्थिती जानाइदिन हार्दिक अनुरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?