ट्रम्पसंग विश्वासको सम्बन्ध स्थापित हुनेमा आवे विश्वस्थ

जापान । जापानका प्रधानमन्त्री शिंजो आवेले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प संग बिहीबार न्युयोर्कमा भेटवार्ता गरेका छन् ।

उनले ट्रम्पको साथ विश्वासको सम्बन्ध स्थापित गर्नसक्ने विषयमा आफु विश्वस्त भएको बताएका छन् । दुवै नेता विचको वैठक मैनहट्टनस्थित ट्रम्प टावरमा भएको थियो ।

आवेले पत्रकार संग दुवै नेता विचमा विना संकोच विभिन्न मुद्धा केन्द्रित विषयमा छलफल भएको बताएका छन् ।

आवेले विभिन्न मुद्धामा आफ्नो प्रमुख विचार व्यक्त गरेको बताएकका छन् । उनले ट्रम्प आधिकारिक रुपमा राष्ट्रपति बनि नसकेका कारण सो अनैपचारिक वैठकको विस्तृत जानकारीको खुलासा नगर्ने बताएका छन् ।

साथै उनले दुवै नेता विचमा धेरै मुद्धामाथि समयमा नै छलफल गर्ने सहमति भएको बताएका छन् ।
प्रधानमन्त्री आवेले कुनै पनि सहमति बिना विश्वास कार्यान्वयन नहुने भएका छन् । साथै उनले ट्रम्प एक विश्वसनिय नेता भएको टिप्पणी गरेका छन् ।

जापानका प्रधानमन्त्री शिंजो आवेले नवनिर्वाचित राष्ट्रपति ट्रपसंग उनको पदभार भन्दा पहिला भेट्नु अति दुर्लभ घटना हो ।

राष्ट्रपति चुनाव जीते पश्चात ट्रम्पले चीनका राष्ट्रपति शी जिनपिंग,आवे तथा अन्य देशका नेतासंग फोन मार्फत कुरा गरेका थिए । तर आवे सबैराष्ट्रका पहिला नेता हुन जसले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसंग प्रत्यक्ष भेटवार्ता गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?