ट्युमर पीडित अशोक श्रेष्ठको उपचारार्थ नेवा : अन्तराष्ट्रिय फोरम जापानले आर्थिक संकलन अभियान गर्दै

जापान। अनुहार लगायत शरिरको अन्य भागमा फैलिएको बिकराल ट्युमरबाट पिडित अशोक श्रेष्ठको उपचार नेपालमा सम्भव छैन । अमेरिकामा उपचारको निम्ति जान ठूलो धनराशी लाग्ने भएकोले आर्थिक स्थिति कमजोर अशोक श्रेष्ठको उपचारको निम्ति अहिले संसारभरीबाट आर्थिक संकलन भैरहेको छ ।

उपचारका लागि लाग्ने अपुग रकमलाई सपोर्ट गर्न जापानमा क्रियाशिल संस्था नेवा: अन्तर्राष्ट्रिय फोरम जापानले आर्थिक सहयोग संकलन अभियान शुरू गरेको छ ।

समाजिक कार्यमा सधै सहयोगी जापानवासी नेपाली दाजुभाई दिदीबहिनीलाई आफ्नो गक्ष अनुसारको आर्थिक सहयोग गरी वर्षौ देखि ट्युमरबाट पिडित श्रेष्ठलाई उपचारको निम्ति सहयोग गरिदिनहुन अभियन्ता संस्थाका महासचिव शिव तण्डुकारले जापानवासी नेपालीमा अनुरोध गरेका छन् ।

आर्थिक संकलन अभियान १६ नोभेम्बर बुधवार बाट शुरू भैसकोको र ३ डिसेम्बर शनिवार सम्म रहने जनाईएको छ । संकलित रकम जस्ताको तस्तै नेपाल पठाई संस्थाको प्रतिनिधिद्वारा पिडित श्रेष्ठलाई हस्तान्तरण गरिने समेत प्रष्ट पारेका छन् ।

आर्थिक सहयोगको लागि बैंक विवरण
Japan Post Bank
A/C number : ‎10170-89191801
Account Holder Name: Newa Kokusai Forum Japan( ネワコクサイフォーラムジャパン)
सहयोग रकम पठाईसकेपछि नाम र सहयोग रकम लेखि 080-6555-6667 मा मेसेज गरी जानकारी दिन समेत अनुरोध गरेका छन् ।

आर्थिक सहयोग संकलन बारे ट्युमर पिडित श्रेष्ठको भनाई यस्तो रहेको छ
विभिन्न काम तथा पढाईको सिलसिलामा जापानमा बस्दै आउनु हुने समस्त नेपाली दाजुभाई, दिदीबहिनिहरुमा मेरो नमस्कार । सर्बप्रथम समस्त नेपाली दाजुभाई, दिदीबहिनिहरुमा सुस्वास्थ्य र सफलताको लागि प्रथना गर्दछु ।
मेरो उपचारका लागि विभिन्न देशमा नेपाली दाजुभाई, दिदीबहिनिहरुबाट आर्थिक सहयोग अभियानबाट सहयोग जुटिरहेको जानकारी गराउन चाहन्छु । अमेरिकाको सिकागो स्थित सेन्ट जोसेफ अस्पतालमा डा. म्याकिननसँग सन् 2014 देखि निरन्तर सम्पर्क रहेको र डा. म्याकिननले मेरो 3D सिटि स्कान सहित मेरो सम्पुर्ण मेडिकल अध्ययन गर्नु भएको छ ।

सोही अनुसार हस्पिटलले इस्टिमेट गरेको अनुसार अप्रेसनको लागि 35000 USD र अन्य खर्च गरि कुल 40000USD लागत अनुमान गरि मैले आर्थिक सहयोग लागि आह्वान गरेको थिए  ।

सोही अनुसार आर्थिक सहयोग जुट्न थालेको र हालसम्म 34000USD उठेको छ । इस्टिमेटेड रकमको केहि हजार डलर अझै अपुग छ ।

त्यो रकम पुगेपछि अमेरिका भिसाको लागि प्रोसेस गर्नेछु । भिसाको लागि रकम मेरो आफ्नै खातामा देखाउनु पर्ने भएकोले संकलित सबै रकम मेरो एकाउन्टमा ट्रान्सफर गर्न अनुरोध गरेको छु र सो रकम क्रमश: मेरो एकाउन्ट जम्मा हुन थालेको छ ।

यसै क्रममा जापानमा बस्नु हुने नेपाली दाजुभाई, दिदीबहिनिहरु पनि आर्थिक सहयोगका लागि इच्छुक हुनुहुन्छ भन्ने खबर पाँए,अत्यन्तै खुशी लाग्यो । जापानमा बसोबास गर्दै आऊनुभएको शिव तण्डुकारले मलाई प्रयत्क्ष सम्पर्क राख्नुभएको थियो ।

ऊहाँ आवद्ध संस्था नेवा: अन्तर्राष्ट्रिय फोरम जापानको अगुवाईमा आर्थिक सहयोग संकलन गरेहुन्छ भनेर सोध्नुभएको थियो । यदि स्वाईच्छाले दिनुहुन्छ भने हुन्छ भनेको छु ।

सहयोग गर्न चाहनुहुने जापानवासी दाजुभाई, दिदीबहिनिहरु तथा जापानी एवंम बिदेशी सहयोगीहरुलाई मेरो बारे केही छोटो जानकारि गराउन चाहन्छु ।

मेरो बिस्तृत जानकारी भिडियो तथा राष्ट्रिय अन्तर्राष्ट्रिय अन्तरबार्ताबाट अवगत भएको हुनुपर्छ । तथापि छोटो जानकारी दिन चाहन्छु ।
मेरो नाम अशोक श्रेष्ठ हो र म हाल ललितपुर धोबिघाटमा डेरामा बस्दै आएको छु ।

मैले पब्लिक युथ, क्षेत्रपाटिमा मास्टरसम्म पढेको हु । मैले करिब 10 बर्ष दैनिक ज्यालादारी एकाउन्टेन्ट र 10 बर्ष कम्प्युटर ट्रेनरको रुपमा काम गरेको थिए ।
म सिंगल अबिबाहित हु । मेरो मातापिताको देहान्त पछि मेरो बिकराल स्थिति आयो (बिस्तृत जानकारिका लागि कृपया भिडियो हेर्नू होला)।

 

मेरो बाल्यकालमा कुनै ट्युमर थिएन । म तपाइहरु झै सामन्य थिए । मेरो कलेज लाइफसम्म पनि आजको जस्तो बिकराल स्थिती थिएन । तर कलेज लाइफसम्म आँखा ढाकी सकेको थियो । हालको भन्दा 40% कम होला ।

मेरो बायाँ आँखा पनि हाल -7.5 भिजन कमजोर रहेको छ । चश्मा लगाउन नमिल्ने (नअड्ने) हुनाले कन्टाक्ट लेन्स लगाउदै आएको छु । तर कन्टाक्ट लेन्समा नजिकको पढ्न लेख्न समस्या हुनेगर्छ ।

मैले नेपालमा ब्रिटिस डाक्टर र भारतमा गरि चार पल्ट अप्रेसन गरि सकेको छु ।

मुल समस्या भनेको मेरो फेसको बिकराल ट्युमरका कारण खानपिन, बोलिमा समस्या हुनु र समाजिक हैरानी हुनु, जागिर नपाउनु हो । यिनै सबैको कारण मैले इन्टरनेट मार्फत अमेरिकामा डाक्टर म्याककिनन सँग सम्पर्क भएको हो ।

डाक्टर म्याककिनन अनुसार मेरो यो अप्रेसन जटिल रिस्की रहने र मेरो दायाँ कन्चटको सम्पुर्ण गिलो मासु निकाली रिकन्ट्रक्सन गर्नु पर्ने हुन्छ । मेरो यो अप्रेसन 3 – 4 पटकसम्म लाग्न सक्ने छ ।

यो 35000$ पहिलो मेन ठूलो अपरेसनको लागि अनुमानित (estimate ) गरेको रकम हो ।
मैले अहिले पहिलो अपरेसनको लागि सबैसित अनुरोध गरेको हु । पहिलो अपरेसन गराउन सकेमा र सफल भएमा थप अरुको लागि के गर्ने म तपाईंहरु को सल्लाह ले गर्नेछु ।
मेरो यहाँहरु सबैसित बिनम्र अनुरोध छ कि कृपया आफुलाई समस्या नपर्ने गरि स्वईच्छाले चाहनु हुनेहरुले मात्र सहयोग गर्नु होला । आफुलाई समस्या पर्ने गरि please नगर्नु होला, यसबाट मलाई पिडादाइ महसुस हुन्छ ।
अन्तमा जापान स्थित नेपाली दाजुभाई, दिदिबहिनिहरुमा र समस्त सहयोगिहरुमा हृदय देखि धन्यवाद / न्यानो अभिबादन । मैले यथास्थिति छोटकरीमा म र मेरो समस्या उल्लेख गरि जानकारी गराएको छु ।

बिस्तृत जानकारी, बैंक एकाउन्ट, इमेल र सम्पर्क नम्बर को लागि मेरो फेसबुक पेज हेर्नू होला । बिस्तृत जानकारीको लागि मेरो भिडियो र अन्तरबार्ताको लिंक यसै साथ राखेको छु ।

साथै तपाइहरुलाई कुनै थप जानकारी वा जिज्ञासा भएमा मेरो मोबाइल वा इमेलमा सम्पर्क राख्नु हुन बिनम्र अनुरोध गर्दछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?