जापानी राजदूत ओगावा र उपराष्ट्रपति नन्दबहादुर पुन विच भेटवार्ता

जापान । नेपालका लागि जापानका राजदूत मासाशी ओगावाले उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ सँग शिष्टाचार भेट गरेका छन् । आज (शुक्रबार) अपरान्ह उपराष्ट्रपतिको कार्यालय, बहादुरभवन कान्तिपथमा उपराष्ट्रपतिसँग जापानका राजदूत ओगावाले शिष्टाचार भेट वार्ता गरेका हुन् ।

भेटमा उपराष्ट्रपति पासाङले नेपाल र जापानबीचको औपचारिक सम्बन्ध ६० वर्ष पूरा भए पनि दुई देशबीचको सम्बन्ध निकै पूरानो भएको बताएका छन् । उनले नेपाल जापानबीचको सम्बन्ध जनस्तरसम्म विस्तार भएको र दुई देशबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउनुपर्नेमा जोड दिएका छन् ।

उपराष्ट्रपतिले जापानी सहयोग नियोग (जाइका)को ऋण सहयोग बन्न लागेको नागढुंगा सुरुङ मार्ग नेपालको लागि महत्वपूर्ण परियोजना भएको बताउँदै छिटो भन्दा छिटो निर्माण प्रक्रिया सुरु गर्नुपर्नेमा जोड दिए । उनले नेपाल र जापानबीच दौत्य सम्बन्ध सुरु भएको ६० औँ वर्षगाँठको अवसरमा शनिबार नेपाल र जापानबीच मैत्रीपूर्ण फुटबल हुन लागेकोमा खुशी व्यक्त गरे ।

उपराष्ट्रपतिसँगको भेटमा नेपालका लागि जापानका राजदूत ओगावाले जापान र नेपालबीचको दौत्य सम्बन्ध स्थापना भएको ६० औँ वर्षगाँठ चलिरहेकोले यो वर्ष दुवै देशका लागि विशेष वर्ष रहेको बताएका छन् । उनले नागढुंगा सुरुङ मार्ग निर्माण प्रक्रिया चाँडै सुरु हुने बताए । उनले नागढुंगा सुरुङ मार्ग निर्माणका लागि जापान सरकारले अनुमोदन गरिसकेको बताउँदै चाँडै निर्माण प्रक्रिया सुरु हुने बताउए  ।

भेटमा राजदूत ओगावाले नेपालले केहीं दिन अघि मलेसियामा सम्पन्न एएफसी सोलिडारिटी कपको उपाधी जितेकोमा बधाई दिएका थिए । उनले जापान र नेपालको दौत्य सम्बन्ध स्थापनाको ४० औँ वर्षगाँठको अवसरमा शनिबार जापान र नेपालबीच हुने मैत्रीपूर्ण फुटबल रोमान्चक हुने बताए । खेलकूदले सबै पक्षलाई एउटै छातामुनी ल्याउने बताउँदै उनले नेपालजस्ता विविधतायुक्त देशमा खेलकूदको विकास गर्नुपर्ने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?