नेपालसंग मैत्रीपूर्ण फुटबल खेल्नका लागि जापानी टाेली काठमाडाैंमा

जापान । नेपाल स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) र कलरबाथ नेपालले संयुक्त आयोजना गर्न लागेको मैत्रीपूर्ण फुटबल खेलमा नेपाली टोलीसंग भिड्नको लागि जापानी ‘फ्रेन्ड्रस टोली’ बिहिबार नेपाल पुगेको छ ।

काकाजुयुकी तोडाको नेतृत्वमा १६ सदस्य सहित नेपाल आएको जापानी फुटबल टोली  र नेपाली टोली बिच हुने मैत्रीपूर्ण खेल शनिबार सातदोबाटो स्थित  एन्फा मुख्यालयमा आयोजना गर्न लागिएको छ ।

जापानी टोलीलाई  एन्फाका सिइओ इन्द्रमान तुलाधर र कलरबाथ नेपालका प्रमुख गणेशलाल लामाले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए।

सन २००२ मा  जापानी राष्ट्रिय टोलीबाट विश्वकपमा सहभागी भै सकेका काजुयुकीले  नेपाली टोलीबारे आफु अनविज्ञ भएको बताएका छन् ।

साथै उनले नेपाली टोलीलार्इ एक अनुशाशित टोलीको रुपमा लिएको बताएका थिए । उनले नेपाली टिमको दुइ खेल मात्र हेरेको बताए ।

जापानी फ्रेन्ड्स टोलीमा विश्वकप,जे लिग तथा जापानी पूर्व राष्ट्रिय खेलाडी लगायत विभिन्न देशमा व्यावसायिक फुटबल खेलेका खेलाडी सहभागी छन् ।

एन्फा प्रवक्ता तुलाधरले जापानी टोलीसंग कस्तो नेपाली फुटबल टोलीले खेल्न भन्नेबारे निश्ति नभएको जानकारी दिएका छन् ।

 तर बुधबार मात्रै मकाउलाई १ ० ले पछि पादैै सोलिडारिटी कपको विजेता बनेको नेपाली टोलीले नै खेल्ने सम्भावना रहेको बताएका छन  ।

जापान र नेपाल विचको दौत्यसम्बन्ध ६० औं वर्ष पुगेको अवसरमा यो मैत्रीपुर्ण  खेल आयोजना गरिएको हो ।

सातदोबाटो स्थित एन्फा मुख्यालयमा आयोजना हुने मैत्रपूर्ण खेलबाट संकलित रकम भुकम्प प्रंभावित जिल्लाका विद्यालय को पुननिर्माण तथा सो जिल्लामा खेलकुदको विकास को लागि खर्चिने कलरबाथका नेपालका प्रमुख गणेशलाल लामाले बताएका छन ।

यस बसाईको क्रममा जापानी टोलीले जाइकाद्दारा निर्माण गरिएको धुलिखेलस्थित विद्यालय भ्रमण गर्ने र बालबालिकालाई प्रशिक्षण दिने तथा  विश्व सम्पदा सुचिमा सुचिकृत विभिन्न क्षेत्रकाे अवलाेकन गर्ने कार्यक्रम बनाएकाे छ । ।

कलरबाथ नेपालका प्रमुख लामाले टोकियो ओलम्पिक २०२० को प्रचार प्रसारमा जापानसरकारले संचालन गरिरहेके कार्यक्रम  ‘स्पोटर्स फर टुमरो’ लाइ जापानको परराष्ट्र तथा शिक्षा मन्त्रालयको पनि साथ रहने बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?