जापानी प्रधानमन्त्री आवे र अमेरिकी राष्ट्रपति ट्रम्प विच भए यस्ता कुराकानी

जापान । जापानी प्रधानमन्त्री सिन्जु आवेले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विहिवार न्युयोर्कमा भेटवार्ता गरेका छन् ।

वार्ताको समयमा आवेले ट्रम्पको विश्वास जित्न खोजेको बताईएको छ । म्यानहटनमा रहेको ट्रम्प टावरमा आवे र ट्रम्प विच १ घटना कुराकानी भएको थियो ।

वायुमण्डल प्रदुषण र ग्लोवल वार्मिंगको विषयमा डोनाल्ड ट्रम्पले आवेसंग खुलेर आफ्ना धारणाहरु व्यक्त गरेको आवेले पत्रकारहरुलाई बताएका छन् ।

विभिन्न विषयमा ट्रम्पले आफ्ना धारणाहरु सटिक रुपमा आवे समक्ष राखेको र वृहत कुराकानीका लागि आवेसंग ट्रम्पले फेरी भेटवार्ता गर्ने प्रतिवद्दता समेत व्यक्त गरेको आवेले बताएका छन् ।

दुई पक्षको आपसी समझदारी विना एक अर्कालाई विश्वास गर्न कठिन हुने भन्दै आवेले ट्रम्प भने विश्वासयोग्य नेता भएको बताएका छन् ।

अमेरिकी निर्वाचनमा ट्रम्प विजयी होलान भनेर कमै विश्वास गरेका आवेले डोनाल्ड ट्रम्प विजयी भए लगत्तै फोन गरेर बधाई दिएका थिए ।

राष्ट्रपतिमा ट्रम्प निर्वाचित भए लगत्तै उनलाई भेट्ने जापानी पहिलो नेतामा जापानी प्रधानमन्त्री आवेनै पहिला हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?