नायक टोमोकाजु मिउरा र गायिका मोमोई यामागुची वर्षकै आदर्श जोडी

जापान । जापानी नायक टोमोकाजु मिउरा र पुर्व उत्कृष्ट गायिका मोमोई यामागुची वर्षकै आदर्श विवाहित जोडीको रुपमा चुनिएका छन् ।

जापानको ईन्सुरेन्स मिईजी सुमितोमो सेमेईकोले गरेको एक सर्वेक्षणले सो जोडिलाई ११ औं आदर्श विवाहित जोडीको रुपमा चुनेको हो । ६४ वर्षिय नायक मिउरा तथा ५७ वर्षिय गायिका मोमोई सन १९८० मा वैवाहिक बन्धनमा बाँधिएका थिए ।

त्यस्तै गायक डाएगो तथा नायिका केइको किटागावाले उत्कृष्ट जोडीको पाँचौ स्थान हासिल गरेका छन् ।साथै ३८ वर्षिय गायक डाएगो तथा ३० वर्षिय नायिका केइ  प्रख्यात विवाहित जोडिको रुपमा चुनिएका छन् ।

सो सर्वेक्षणले एक विवाहित जोडीले खानामा कति खर्च गर्छन भन्ने तथ्याङ्कलाई फरक ढङ्गबाट प्रस्तुत गरेको थियो ।

जसमा अधिकांश सहभागी पुरुषहरुले भने एक दिनमा करिब ५०० यान खर्च गर्ने बताएका थिए । तर महिला सहभागहिरुले भने १००० यान देखि १,५०० यान सम्म खानामा खर्च हुने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?