योकोहमाका यी विद्यार्थीले जब पटक पटक आत्महत्याको योजना बनाए…

जापान । जापानमा सन २०११ मा आएको सुनामी र भुकम्पका कारण धेरै मानिस विस्थापित  भएका थिए ।

प्रकाेपकाे प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा सर्ने क्रममा  फुकिशिमा प्रान्तबाट टोकियो अाएका एक बालकले आफ्नो विद्यालयले अाफुलार्इ गरेकाे  उत्पीडनकाे कारण कयाैं पटक आत्महत्या गर्ने सोच बनाएको बताएका छन् ।

एक वकिलले बालककाे  वास्तविक कथालार्इ समेट्दै उनले अध्ययन गर्दै आएको टोकियोस्थित योकोहामा प्राथमीक विद्यालयको बारेमा लेखिएको एक लेख सार्वजनिक गरेका थिए ।

योकोहामाका शिक्षा अधिकारीहरुले सो बालक विद्यालयको अत्याचारपूर्ण व्यवहारबाट ग्रसित भएको एक साता पश्चात पत्रकार संग भेटेको स्विकारेका थिए ।

साथै वालकले उनका साथीहरुले विभिन्न नामबाट बोलाउनका साथै पैसा माग्ने गरेको बताएका छन् । उनले आफुलाई एउटा किटाणुलाई जस्तो घृणीत व्यवहार गरेको बताएका थिए ।

बालकले विद्यालयको उत्पीडन खप्न नसकेर धेरै पटक आत्महत्या गर्ने कोशिस गरेको बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?