ट्रम्पलाई भेट्ने पहिलो विश्व नेता आबे, आउँदैछ अमेरिका–जापान चार वर्षे कार्ययोजना

जापान । जापानी प्रधानमन्त्री सिन्जो आबे नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पालाई भेट्ने पहिलो विश्व नेता हुने भएका छन् । उनीहरुबीच बिहीबार भेटवार्ताको कार्यक्रम रहेको छ ।

जापानका मन्त्री तोमोहिको तानिगुचिले भेटवार्ता बारे जानकारी दिएका हुन् ।

उनले भने ,‘हामीले अवको चार वर्ष ट्रम्पसँग मिलेर काम गर्नुपर्नेछ, भेटघाटले त्यसलाई सहजता र सम्बन्ध सुधारमा भूमिका खेल्छ ।’ उनले दुई देश बीच चार वर्षे रणनीतिक कार्ययोजना तय गरिने पनि बताए ।

आवेले ट्रम्पलाई पेरुमा हुन लागेको एसिया प्यासिफिक इकोनोमिक कोअप्रेसन’ सम्मेलनमा जाने क्रम क्रममा भेट गर्न लागेका हुन् ।

ट्रम्प निर्वाचित हुने वित्तिकै आबेले फोन मार्फत् सुरक्षा र पवदेश नीतिमा दुई देशबीच सहकार्यको प्रस्ताव गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?