लाओसबाट जापानले चीनलाई दियो चुनौती, चीनसागरमा अब जापानको नजर

जापान । जापानी रक्षा मन्त्री तोमोमी इनादाले चिनियाँ सागरमा भैरहेको अनावश्यक गतिविधि रोक्ज जापानले जस्तोसुकै कदम चाल्नसक्ने बताएकी छिन् । उनले चीनले अनावश्यक विवाद ल्याउन खोजेको आरोप समेत लगाएकी छिन् ।

लाओसमा उनले दक्षिण पुर्वी एशियाली देशहरुका समकक्षीहरुसँग भेटवार्ता गरेकी छिन् । लाओसमा जारी दक्षिण पुर्वी एशियाली देशहरुसँग जापानी उच्च अधिकारीहरुको बैठकमा तोमोमीले भेटवार्ता गरेकी हुन् ।

उनले जापान दक्षिणपुर्वी एशियाको सुरक्षा व्यवस्थालाईचुस्त बनाउन थप सहयोग गर्ने उल्लेख गरेकी छिन् । इनादा लाओस भ्रमण गर्ने जापानको पहिलो रक्षा मन्त्री समेत हुन् ।

बुधबार भएको उच्चस्तरीय भेटवार्तामा उनले लाओसका रक्षा मन्त्री चान्समोन चान्यालातसँग सविशेष वार्ता गरेकी थिइन् । लाओसका रक्षा मन्त्रीले उक्त सम्मेलनको अध्यक्षता ग्रहण गरेका थिए ।

उनले पनि क्षेत्रिय सुरक्षाका लागि जापानी सहयोग अपरिहार्य रहेको उल्लेख गरेका थिए। इनादाले कोरियाली प्रायद्धीपमा देखिएको राजनीतिक अस्थिरता र पुर्वी तथा दक्षिण चिनियाँ सागरमा बढ्दै गएको कटुताको अन्त्यका लागि पनि जापानले सैन्य सहयोगलाई बढवा दिनुपर्ने बाध्यता आइपरेको बताएकी थिइन् ।

उनले चिनियाँ समुद्रमा चीनले अनावश्यक समस्या पैदा गरेकाले यसको समाधानका लागि अन्तर्राष्ट्रिय सम्मेलन आवश्यक रहेको बताइन् । उनले समुद्रीक सुरक्षाका लागि जापान जस्तो कदम चाल्न पनि तयार रहेको बताएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?