पोकेमन गो खेल्दा सवारी दूर्घटना बढ्यो भन्दै जापानको सत्ताधारी दलले गर्यो यस्तो प्रस्ताव

जापान । जापानको सत्ताधारी दल लिवरल डेमोक्रेटिक पार्टीले जापानमा पोकेमन गो खेल खेलेर गाडी चलाउँदा हुने दुर्घटनालाई रोक्ने उपाय बारे अनुसन्धान गर्ने भएको छ । 

ट्राफिक सुरक्षाको विषयमा बसेको लिवरल डेमोक्रेटिक पार्टीको बैठकमा नीतिनिर्माताहरुले सवारी साधन चलाईरहेको बेलामा पोकेमन गो खेल्ने चालकहरुलाई जरिवाना रकम लिनुपर्ने प्रस्ताव अघि सारेका छन् ।

जापानको राष्ट्रिय प्रहरी विभागले पोकेमोन गो खेल जापानमा सुचारु गरिए देखि जुलाई सम्ममा त्यस संग सम्बन्धित घटना हुँदा ३ जनाको मृत्यु भएको रिपोर्ट दर्ज गराएको छ ।

पछिल्लो महिना मात्रै आइची क्षेत्रमा पोकेमोन गो खेलेर ट्रक चलाईरहेका चालकका कारण ९ वर्षीय बालक दुर्घटनामा परेका थिए ।

वर्तमान ट्राफिक नियम अनुसार सवारी चलाईरहेका वेला पोकेमन गो खेल खेलेमा तीन महिना सम्मको जेल तथा ५० हजार येन जरिवाना तिर्नुपर्ने जनाईएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?