युरीको विश्लेषण: रुसले अमेरिकालाई मनाउन जापानलाई त्याग्नुपर्छ

जापान । पछिल्लो केहि वर्षमा अमेरिका र रुसबीचको सम्बन्ध खास राम्रो अवस्थामा रहेको छैन भने यी दुई देशका बीचमा को विश्वको पहिलो शक्ति भन्ने होड नै देखिएको छ । यद्यपी यो प्रश्नको जवाफ भने विश्वमा बदलिन थालिसकेको छ अर्थात्, अहिले जापानलाई विश्वको प्रमुख शक्तिको रुपमा हेर्न थालिसकिएको छ ।

रुसले क्रिमिया अधिग्रहण गरे पश्चात विश्वका शक्ति राष्ट्रहरुले विरोध जनाएका छन् भने जापान, अमेरिका लगायत अन्य युरोपेली देशहरुले रुस माथि आर्थिक प्रतिबन्धकै घोषणा गरे ।

नव निर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी जित पश्चात रुसको जापान तथा अमेरिकासँगको सम्बन्धका बारेमा नयाँ बहस समेत सुरु भैसकेको छ । रूसी राजनीतिक समीक्षक तथा अन्तर्राट्रिय सुरक्षा विशेषज्ञ युरी फेदेरोफले यी तीन देशबीचको त्रिदेशीय समझदारीका बारेमा नयाँ बहस बाहिर ल्याएकी छिन् । उनीसँग अन्तर्राष्ट्रिय संचार माध्यमले गरेका कुराकानीको सम्पादीत अंशः

रुस तथा पश्चिमी देशका धेरै समाजशास्त्री तथा राजनीति शास्त्रीहरु हिलेरी क्लिन्टनले जित्ने अपेक्षा गरेका थिए । तर परिणाम सबै सोचाईको भन्दा भिन्न आयो । समाज शास्त्रीको अनुमान दुवै पटक फेल खायो जव युरोपेली संघसंग बिट्रेन छुट्टिदाको समयमा गरिएको जनमत संग्रहको नजिता तथा दोस्रो पटक यस अमेरिकी राष्ट्रपतिको चुनावी नजिता सार्वजनिक भएको थियो ।

वास्तवमा त रुस सरकारलाई क्लिन्टनको जित भारी बन्न सक्थ्यो । जसले गर्दा अमेरिका तथा रुसको सम्बन्धमा थप दरार आउने निश्चित थियो। रुस सरकारले नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि अमेरिका र रुसको विग्रिएको सम्बन्धलाई सुधार्न प्रयास गर्ने विश्वास राखेको छ ।

यूरी फ़ेदेरोफ़ले जापान र रुस विचमा शान्ती सम्झौताको विषयलाई लिएर निक्कै तातो बहस भएको बताईन । तर रुस सरकारले जापानसंग सो छलफल अमेरिका माथि दबाव बढाउनको लागि गरेको उनले बताइन ।

यदि अमेरिका संग रुसको सम्बन्धमा सुधार आएमा रुस जापान संग सम्बन्ध सुधार्न कोशिस गर्ने फ़ेदेरोफ़ बताईन । यसको लागि रुसको नियन्त्रणमा रहेका चार क्षेत्रमाथिको गतिरोध अन्त्य गर्नु पर्ने उनले बताएकी छिन । सो द्धिप उत्तरी क्षेत्रको नामबाट चिनिने गरिन्छ । यस क्षेत्रमाथि जापानले दावा गर्दै आएको छ ।

यूरी फ़ेदेरोफ़ ले जब सम्म रुसी सरकार अमेरिका संगको सम्बन्ध सुधारको आशामा रहन्छ तब सम्म जापान रुस सम्बन्ध माथिको मुद्धा चलिरहने बताएकी छिन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?