आवे र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बिच हुने भेटवार्ताको पृष्ठभुमी तयार

जापान । प्रधानमन्त्री शिंजो आवेका विशेष सल्लाहकार कात्सुयुकि कावाइले विहीबार आबे तथा नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विच हुने भेटवार्ताको पृष्ठभुमी तयार गर्ने भएका छन् ।

कात्सुयुकि कावाइले सोमबारबाट शनिबार सम्मको समयमा रिपव्लीकन अधिकारी तथा नव निर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प  संग वांशिङ्टन डीसी तथा न्युयोर्कमा भेटवार्ता गर्ने योजना बनाएका छन ।

कवाइले आबेको साथमा रहि ट्रम्पसंग व्यक्तिगत तथा विश्वसनिय सम्बन्ध स्थापित गर्ने ईच्छा पुरा गर्ने छन् । उनले अमेरिकी नयाँ प्रशासनका कुटनितीक तथा सुरक्षा नितीको पनि जानकारी लिने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?