ट्रम्प मुक्त व्यापार सम्झौता विरुद्द देखिए पछि आवे तनावमा

जापान । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मुक्त व्यापार सम्झौताको विरुद्द देखिए पछि जापानी प्रधानमन्त्री सिन्जु आवे तनावमा देखिएका छन् ।

 ट्रान्स प्यासिफिक पार्टनरसिप अर्थात टिपिपि को लागि डाईट सदर गराउन आवे माथिल्लो सदनको विशेष कक्षमा सोमबार सहभागी भएका थिए ।

अमेरिका र जापान विच व्यापारको बारेमा आफ्नै धारणा भएपनि अमेरिकी रिपब्लिकन पार्टी भने मुक्त व्यापारका लागि प्रख्यात रहेको आवेले बताएका छन् ।

आवेले मुक्त व्यापार लगायत अन्य विषयमा पनि ट्रम्पसंग कुरा गर्न चाहेको बताएका छन् । आउँदो विहिवार न्युयोर्कमा हुने भेटवार्ता पछि दुई पक्ष विच दोहोरो समझदारी हुने आवेले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?