जापान । जापानकाे ओकायाका प्रान्त स्थित नेगी शहरमा बस्ने ३१ वर्षिय एक पुरुषले आफु हिटरलको पुर्नजन्म भएको भन्दै फोन मार्फत एक अपांगता आवासमा धम्काए पछि प्रहरीले पक्राउ गरेको छ ।

उनले अपांगता आवासमा फोन गरि अपांग भएका व्यक्तिहरु मर्नु पर्छ भन्दै धक्काएका थिए ।
प्रहरीको नियन्त्रणमा रहेका उनले आफु हिटलरको पुर्नजन्म भएकाे भन्दै आईरहेका छन् । उनको यस्तो धम्की पश्चात सो क्षेत्रका स्थानीहरुमा त्राश फैलिएको छ ।
जापानमा केहि महिना अघि अपांगंत आवासमा यस्तै किसीमको धम्की पश्चात भएको चक्कु प्रहारबाट १९ जनाको मृत्यु भएको थियो भने ४४ जना घाइते भएका थिए ।