प्रकोप प्रभावित क्षेत्रमा पोकेमन गो खेलाडीको भिड

जापान । जापानको पुर्वाेउत्तर  प्रान्त मियागिले सन २०११ मा आएको महाभुकम्प तथा सुनामीका कारण प्रभावित बनेको ईलाकामा  मानिसलाई आकर्षित गर्नको लागि मोवाइल एप  लोकप्रिय पोकेमन गो  गोको मनोवृति अपनाएको छ ।

स्थानिय सरकारका अनुसार सो प्रकोपको सम्झना स्वरुप पोकेमन गो खेलका संचालकको सहयोग मार्फत एक कार्यक्रमको आयोजना गरिएकाे थियो ।  पोकेमन गोका खेलाडीहरुले विभिन्न स्थानमा काल्पनिक असाधारण जन्तु पकड्ने गर्दछन ।

साे कार्यक्रमका सहभागी अधिकारीहरूले इशिनोमाकि तथा मिनामिसानरिकु सहित ४ नगरपालिकाका विभिन्न प्रकाेप प्रभावित स्थानको फोटो लिई सो क्षेत्रलाई पोके स्टप क्षेत्रको रुपमा किकास गर्न आग्रह गरेका थिए ।

पाेकेमन खेलका संचालकले साे समारोहका लागि प्रकोप प्रभावित तिन प्रान्त मियागि, इवाते तथा  फ़ुकुशिमाका तटिय क्षेत्रमा अझै  दुर्लभ पोकेमनहरुको विनियोजन गरिएको बताएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?