बिहीबार पेरु जाँदा आबे अमेरिकामा रोकीने, ट्रम्पसँग हुने छ यस्तो वार्ता

जापान । जापानी प्रधानमन्त्री सिन्जो आबेले अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँग जापानको रक्षा र विदेश नीतिका बारेमा छलफल गर्ने भएका छन् ।

जापानी अधिकारीहरुले आगामि बिहीबार ट्रम्पसँगको भेटघाटका क्रममा यी दुई विषयमा छलफल केन्द्रीत हुने दाबी गरेका छन् । बिहीबार आबेले न्युयोर्कमा ट्रम्पसँग भेटवार्ता गर्ने कार्यक्रम तय भैसकेको छ ।

एसिया प्रशान्त आर्थिक सहयोग मञ्चको शिखरसम्मेलनमा भाग लिन पेरु जाने क्रममा केही समय आबे अमेरिकाको न्युयोर्कमा रहने भएका हुन् ।

जापानी रक्षा मन्त्री तोमोमी इनादाले यास्तो बताएका हुन् । अमेरिकासँग विश्वसनीय सम्बन्ध कायम गर्नका लागि जापानको विदेश नीतिमा जापान अमेरिका सुरक्षा सन्धीको महत्वका बारेमा छलफल हुने छ । ट्रम्पले चुनावि अभियानका क्रममा जापानसँगको सम्बन्धलाई थप बलियो पारिने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?