जापानी रक्षा मन्त्रालयले समुन्द्री टापुमा गैरकानुनि तरिकाले प्रवेश गर्न रोक लगाउँदै

जापान । जापानका रक्षा मन्त्रालयका अधिकारीहरुले सामुन्द्रिक टापुहरुमा गैरकानुनि तरिकाले हतियार सहित प्रवेश गर्ने माछा मार्ने व्यक्तिहरुलाई रोक्ने अभियान चलाएका छन् ।

रक्षा मन्त्रालयका अधिकारीहरुले कागोशिमा क्षेत्रमा रहेको समुन्द्री टापुमा चिनियाँ सरकारी भेसल लगातार प्रवेश गर्न थालेपछि शुक्रवार देखि त्यस्तो अभियान सुरु गरेका हुन् ।

जापानको आन्तरिक समुन्द्री टापुमा विदेशी जाहाजबाट मानिसहरु हातहतियार सहित प्रवेश गर्दा राष्ट्रिय स्वाधिनता माथि आँच आउने काम भएको हुँदा त्यसलाई रोक्न रक्षा मन्त्रालयका अधिकारि, स्थानीय प्रहरी तथा समुन्द्री टापुका क्षेत्रीय अधिकारिहरु सहित मिलेर सामुहिक अभियान संचालन गरिएको बताईएको छ ।

शुक्रवार देखि समुन्द्री टापुका गार्डहरुले सामान्य पानीजहाजमा हतियार सहित माछा मार्न आउने व्यक्तिहरुलाई पुलिसको आदेश अनुसार रोकिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?