उर्जा क्षेत्रमा भारत द्वारा जापानसंग सहयोग माग

जापान । भारत सरकारका अधिकारीहरुले नयाँ दिल्लीमा आयोजित भारत ऊर्जा शिखर सम्मेलनमा जापानसंग सहयोगको माग गरेका छन्  । 

भारतका केन्द्रीय विद्युत आयोगका अध्यक्ष गिरीश प्रधानले विहिबार जापानको ऊर्जा कुशल तथा अत्यन्त विकसित छ त्यसैले भारतले त्यसको धेरै नै फाईदा उठाउन सक्ने बताएका छन् ।

भारतमा विजुलीको अत्यन्त समस्या भएको हुँदा भारत स्वतन्त्र भएको 70 वर्ष पछी पनि देशका एक तिहाई नागरिकहरु अँध्यारोमा जीवन जिउन बाध्य भएको प्रधानले बताएका थिए  ।यस्तो अवस्था सिर्जना हुनु आफैमा लज्जास्पद भएको उनले बताएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?