जब बुलेट रेल चढाएर आबेले मोदीलाई घुमाउन लगे…

जापान । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार जापानका प्रधानमन्त्री शिंजो आबेको साथमा टोक्योबाट शिंकनसेन बुलेट ट्रेन मार्फत कोबे प्रस्थान गरेका छन् । मोदी द्धिपक्षीय बार्षिक शिखर सम्मेलनमा हिस्सा लिनको लागि जापान आएका हुन् ।

विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले ट्वीटर मार्फत भारत जापान बिचको सम्बन्धमा गति आएको बताएका छन् । प्रधानमन्त्री मोदी तथा जापानका प्रधानमन्त्री शिंजो आवे शिंकासन बुलेट ट्रेनमा सवार हुनको लागि टोकियो स्टेशन पुगेका थिए ।

स्वरुपले दुवै नेता ट्रेनमा भएको फोटो ट्वीटर मार्फत पोस्ट गर्दै दुबै देशका नेता विच अद्भुत प्रेम तथा मित्रता भएको जानकारी गराएका थिए ।

मुम्बई अहमदाबाद हाईस्पिड रेलवेमा समान प्रविधिको प्रयोग गर्ने उनले बताएका छन् । शनिबार तीन दिवसीय द्धिपक्षीय वार्षिक शिखर सम्मेलनको अन्तिम दिन हो । मोदीको पछिल्लो दूई वर्षकाे कार्यकालमा  यो दोस्रो जापान भ्रमण हो ।

 प्रधानमन्त्री नरेन्द्र मोदीकाे जापान भ्रमणबाट भारतकाे लागि ठुलो कामियाबी मिलेको छ । भारत तथा जापान विचमा एेतिहासिक परमाणु सम्झौता भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी तथा जापानका प्रधानमन्त्री शिंजो आबे यस सम्झौतामा हस्ताक्षर गरि दुवै देश विचका परमाणु उर्जालाई शान्तिपुर्ण रुपमा प्रयोग गर्ने सहमती गरेका छन् ।

जापानले एन एस जी/ NSG पुर्ण सदस्यताको लागि भारतलाई पुर्ण समर्थन गर्ने घोषणा गरेको छ । जापानको प्रधानमन्त्री शिंजो आवेले साझा प्रेस सम्झौतामा यस्ताे घोषणा गरेका हुन्  ।

भारत र जापान प्राकृतीक मित्र भएको प्रधानमन्त्री मोदीले बताएका छन् । यसका साथै सो सम्झौता क्लाईमेट चेन्जको लागि पनि निक्कै महत्वपुर्ण मानिएको छ । जापान भारतको विकासका पुर्वाधार तथा प्रविधीको पनि महत्वपुर्ण साझेदार हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?