जापानमा कैदीको संख्या बढेको पुष्टि (भिडियो सहित )

जापान । जापानको जेलमा कैदी भएका ६५ वर्ष या त्यो भन्दा बढी उमेर समूहका मानिसहरुको संख्या २३१३ पुगेको छ । जापानको न्याय मन्त्रालयले सो आंकडा प्रस्तुत गरेका हुन् । त्यो आंकडा अनुसार  सन् २०१५ मा कैदीको संख्या अघिल्लो वर्षको भन्दा १०.७ प्रतिशतले बढेको हो ।

सन् २०१६ को अपराधबारे प्रस्तुत गरिएको ह्वाईट पेपरमा त्यस्तो आंकडा देखिएको कानुन तथा न्याय मन्त्री कात्सुतोशी कानेडाले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?