चिनियाँ सागर विवादमा भारत अब जापानको पक्षमा, भयो यस्तो परमाणु सम्झौता

जापान । जापानका प्रधानमन्त्री सिन्जो आबे र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच एउटा यस्तो सन्धीमा हस्ताक्षर भएको छ की, अब जापान र भारत अभिन्न अंग बन्ने छन् ।

जापानले भारतबाट परमाणु उर्जा निर्यात मात्र गर्ने छैन, यी दुई देश मिलेर परमाणु उर्जा उत्पादनलाई बढवा दिन सक्ने छन् । शुक्रबार मात्रै भएको यो सम्झौता पश्चात् चीनलाई भने समस्या पर्न सक्ने देखिएको छ ।

सम्झौता गर्ने बेलामा जापानी प्रधानमन्त्री आबेले आफुले भारतसँगको सहकार्यमा विश्व शान्तिको सन्देश दिन चाहेको बताए । मोदीले पनि शान्ति र समृद्धितर्फको यात्राका लागि यो सम्झौता कोसेढुंगा सावित हुने बताए । विगत ७ बर्ष देखि यो सम्झौताका बारेमा निरन्तर छलफल चलिरहे पनि सहमति भने हुन सकिरहेको थिएन ।

दुई नेताबीच पुर्वी र दक्षिण चीन सागर जुन चीनले आफ्नो समुद्री गतिविधि गरिरहेको छ, त्यसको बारेमा पनि छलफल भएको थियो । यो चीनसागरको स्वामित्वका विषयमा चीन र जापानबीच केही विवाद देखिएको छ भने भारत अब जापानको पक्षमा देखिने भएको छ । जापानमा सञ्चालिन ति गतिको रेल सेवामा प्रधानमन्त्री आबेसँगै शनिबार सवार मोदीले जापानी सहयोगमा भारतमा पनि बुलेट रेल सेवा सञ्चालन गर्न चाहेको बताएका छन् ।

उनले पश्चिम जापानस्थित शिन्कानसेन उत्पादन कारखाना बुलेट रेलमा चढेर आबेसँगै सवारी गरेका थिए । जापान भारतमा बुलेट रेल बनाउन सहमत देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?