जापानको सिजुओकामा छक्कापन्जा प्रदशन हुँदै, दुई दर्शकले आकर्षक उपहार पाउने

जापान । नेपाली सिनेजगतमा अलग्गै पहिचान बनाउन सफल चलचित्र छक्का पन्जा जापानको सिजुओकामा समेत प्रदशन हुने भएको छ ।
सेभेन सामुराइ इन्टरनेसनल कम्पनीले प्रदशन गर्न लागेको उक्त चलचित्रको प्रचार प्रसार तिब्र पारेको छ ।

रोउसे खाईकान सिजुओकामा आगामी नोभेम्बर २० तारिख आईतवार दिउँसो २ बजे देखि चलचित्र प्रदशन हुन लागेको हो । चलचित्र प्रदशनको आवश्यक तयारी पुरा भएको र टिकट विक्री वितरण तथा प्रचारप्रसारको काम तीव्र पारिएको सेभेन सामुराइ इन्टरनेसनलका प्रेसिडेन्ट रेशम डंगोलले बताएका छन् ।

सिजुओकामा रहेका नेपालीहरु विच भेटघाट तथा सामिप्यता बढाउनुका साथै मनोरन्जन प्रदान गर्न पनि फिल्म प्रदशनी राखिएको डंगोलले बताएका छन् ।

सो फिल्म शुरु हुनु अघी १५ मिनेट ३ आकर्षक आईटम डान्स प्रस्तुत गरिने समेत बताएको छ । कार्यक्रममा कलाकारहरु झुमा शेर्पा , बन्दना थापा र पारु लामाले विशेष प्रस्तुति प्रस्तुत गर्ने समेत सेबेन सामुराइ इन्टरनेसनलका बजार प्रमुख तथा मिडिया संयोजक विरेन केसीले बताएका छन् ।
यो भन्दा अघी २ चलचित्र सिजुओकामा सफल रुपमा प्रदशन भएको हुँदा दर्शकहरुको संख्यामा वृद्दि हुने बताउदै केसीले चलचित्र हेर्न आउने दर्शकहरु मध्ये २ जनालाई हिमालयन मार्टले उपहार प्रदान गर्ने जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?