जापानमा उत्तरपूर्वी भेगमा ५.८ रेक्टर स्केलको भूकम्प

जापान ।जापानको उत्तरपूर्वी भेगमा ५.८ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको छ । जापानको सहर सेन्डाईबाट ६५ किमी टाढा विहान ६.४३ मिनेट जाँदा धक्का महसुस गरिएको हो ।

जापानको नापी विभागले भूकम्पको धक्का महसुस गरिएपनि सुनामी आउने सम्भावना भने नभएको बताएको छ । प्यासिफिक सुनामी वार्निंग सेन्टरले खतरनाक प्यासिफिक सुनामी आउने कुनै पनि सम्भावना नरहेको बताएको छ ।

भूकम्प ६० किमी ईपिसेन्टरको गहिराई पारेर आएको एजेन्सीले जनाएको छ । सो भूकम्पको धक्का मियागी , इवाट र टोकियोमा पनि महशुस गरिएको जनाईएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?