जापानी राजा अकिहितो र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

जापान । तीन दिने जापान भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र जापानी राजा अकिहितोबीच भेटवार्ता भएको छ ।

जापानको इम्पेरियल प्यालेसमा भएको भेटवार्तामा दुई पक्षिय हितको विषयमा कुराकानी भएको जनाइएको छ ।  भेटमा मोदीले जापानी राजको स्वास्थ्य अवस्था बारेमा चासो राख्दै आकाहितोलाई भारत भ्रमणको निम्ता दिएका छन् ।

दुई देशको विचमा असैन्य परमाणु सम्झौतामा हस्ताक्षर हुने आशा गरिएको छ । पछिल्लो डिसेम्बर महिनामा भएको आवेको भारत भ्रमणको समयमा दुवै देशहरुको विचमा व्यापक सहमति बनेको थियो तर अन्तिम समयमा सहमतिमा हस्ताक्षर हुन सकेको थिएन ।

जसका लागि केहि कानुनि कदमहरु आवश्यक बनेका थिए । भारतीय सरकारी स्रोतले बताए अनुसार मोदीले ११ नोभेम्बर अर्थात भोली जापानका प्रधानमन्त्री सिन्जो आवेसंग भेट्नेछन् ।

साथै १२ नोभेम्बरमा मोदी आवेसंगै शिनकानसेन बुलेट ट्रेनबाट जापानको कोब शहर गएर त्यहाँ रहेको कावासाकी उद्योगको भ्रमण समेत गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?