भारतीय प्रधानमन्त्री मोदी जापान आउँदै

जापान । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तीन दिवसीय भ्रमणको लागि जापान आउने भएका छन् । भ्रमणको क्रममा दुई देशको विचमा असैन्य परमाणु सम्झौतामा हस्ताक्षर हुने आशा गरिएको छ ।

साथै सुरक्षा तथा अर्थव्यवस्था जस्ता क्षेत्रमा सहयोग बढाउने विषयमा पनि भेटमा छलफल हुने जनाईएको छ । जापानी प्रधानमन्त्री संग मोदीले वार्षिक शिखर स्तरीय बैठक गर्ने र जापानका सम्राट अकिहितोसंग पनि भेट्ने जनाईएको छ ।

यस यात्राको समयमा दुई देशहरुको विचमा असैन्य परमाणु सम्झौतामा हस्ताक्षर गर्ने विश्वास गरिएको छ जसको फलस्वरूप अमेरिका स्थित शिर्ष परमाणु कम्पनिहरुले भारतमा संयन्त्र स्थापित गर्ने कुराको मार्ग प्रशस्त हुने जनाईएको छ ।

पछिल्लो डिसेम्बर महिनामा भएको आवेको भारत भ्रमणको समयमा दुवै देशहरुको विचमा व्यापक सहमति बनेको थियो तर अन्तिम समयमा सहमतिमा हस्ताक्षर हुन सकेको थिएन ।

जसका लागि केहि कानुनि कदमहरु आवश्यक बनेका थिए ।  भारतीय सरकारी स्रोतले बताए अनुसार मोदीले ११ नोभेम्बर अर्थात भोली जापानका प्रधानमन्त्री सिन्जु आवेसंग भेट्नेछन् ।

साथै १२ नोभेम्बरमा मोदी आवेसंगै शिकानसेन बुलेट ट्रेनबाट जापानको कोब शहर गएर त्यहाँ रहेको कावासाकी उद्योगको भ्रमण समेत गर्नेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?