पर्यटकलाई आकर्षित पार्न यस्तो बाटोमा गुड्छ जापानी रेल

जापान । यात्रुको घट्दो चापका कारण जापानका ग्रामिण इलाकाहरुमा सञ्चालित रेल सेवाहरु घाटामा जान थालेका छन् । निरन्तरको घाटा कम गर्नका लागि र पर्यटकहरुलाई ग्रामीण इलाकाको भ्रमण गराउनका लागि जापानी रेलवे सेवाले आफ्नो रणनीति परिवर्तन गर्न थालेका छन् ।

उनीहरुले पछिल्लो समय ग्रामीण रेल सेवामा सहुलियत मात्र दिएका छैनन्, पर्यटकहरुलाई अकर्षित बनाउनका लागि जोखिमपुर्ण क्षेत्रमा सुरक्षीत यात्रा समेत गराइरहेका छन् ।

जापान प्राकृतिक रुपमा विविधताले भरिएको छ । सुन्दर पहाडमा हिउँ जमेको देख्न सकिन्छ । पहाडी जीवनयापन र हिउ जमेको हेर्नका लागि ग्रामिण रेलवेले निरन्तर सेवा दिइरहेको छ ।

जापान सागरको किनारै किनार बनेको उत्तरी जापानको गोनो रेलवेले पनि रचनात्मक रणनीति मार्फत् यात्रुको संख्या बढाइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?