जापान अमेरिका सम्बन्धमा ट्रम्पको विजयको प्रभाव

 

जापान । जापानका अन्तराष्ट्रिय मामिलासंग सम्बन्ध संस्थानकी अनुसन्धानकर्ता आसुका मात्सुमोतोले ट्रम्प अमेरिकामा विशेष रुपमा विशिष्ट अधिकार प्राप्त वर्गको विरोधी, प्रवासी विरोधी तथा ग्वोवललाइजेशनका विरोधीलाई रुझाउनको लागि सफल बनेको बताएकी छिन् ।

अमेरिकी चौथौ दर्जाका कालो जातिका मानिसहरु घट्दो आयका कारण दयनिय स्थितीको सामना गरिरहेका छन । उनिहरुको स्थिती २००८ मा बाराक ओबामाको जित पश्चात श्वेत नागरिकमा आएको आशाको किरण झैं भएको छ ।

सो समयमा अमेरिकाको जीडीपीमा आएको सुधारको कारण त्यहाँको धनि नागरिकको आय विश्व वित्तीय संकटको दलदलबाट बाहिर निक्लीनु हो । तर अप्रत्याशित घटना केवल यस वर्षको अमेरिकी राष्ट्रपति चुनावमा मात्र नभई ब्रजिक्ट मामिलामा पनि यस्तै हुनका कारणहरुबारे मात्सुमोतोले आफ्नो भनाई सार्वजनिक गरेकी छिन् ।

 त्यस मामिलामा मात्सुमोतोले ट्रम्प र हिलरीविच बराबरीमा भएको सो चुनावमा ट्रम्पले ने जित्नुका तिन कारण बताएकी छिन । जसमा अक्टोबर सरप्राईजमा एफबीआईले हिलरी क्लिन्टनद्दारा उनको निजी इमेल सर्वरको प्रयोग संग जोडिएको मामलमा दोस्रो पटक जाँच गर्ने बताएको थियो । सो प्रक्रिया पश्चात क्लिन्टनको छविमा नोक्शान पुगेको थियो । तर एसविआइले यस मामिलामा हिलरी माथि कुनै अभियोग लगाएको थिएन ।

दोस्रो कारण थियो समर्थन दर । ट्रम्पका समर्थकले क्लिन्टनको समर्थकको तुलनामा आफ्नो उम्मेदवारलाई जोशका साथ समर्थन गरेका थिए । प्रमुख चुनावमा ट्रम्पको र्यालीमा भाग लिने मानिसको संख्या रिपव्लीकन पार्टीका आज सम्ममा भाग लिने सबै उम्मेदवारको हिसावमा सबै भन्दा धेरै थियो ।

त्यस माथि क्लीन्टन यस पटक चुनावमा डेमोक्रेटिक पार्टी तर्फबाट राष्ट्रपति पद को उमेदवार तथा उनकी प्रतिद्वन्द्वी बर्नी सेन्डर्सको समर्थकहरुको पर्याप्त समर्थत हासिल गर्न असम्भव रहिन ।

बर्नी सेन्डसका अधिकांश समर्थक अन्तिम निर्वाचनको समय सम्म पनि कुनै तेस्रो दललाई अथवा ग्रिन पार्टीलाई समर्थन गर्ने अथवा मतदाननै नगर्ने भन्ने निर्णयमा पुगेका थिए ।

 तेस्रो कारण चुनावको पुर्व सर्वेक्षण प्राविधिक सिमामा रहेको थियो । ट्रम्पका समर्थकले खुलेआम उनको साथ दिएका थिएनन् । जापानले आगामी चार वर्षको लागि ट्रम्प प्रशासनसंग काम गर्न तयार हुन आवश्यक छ ।

ट्रम्प प्रशाशनसंग संम्भावित प्रमुख तिन जोखिमसंग जोडिएका छन ।  सबै भन्दा पहिला सरकारी पदमा अधिकारीको नियुक्ति गर्न ट्रम्प प्रशासनलाई निक्कै समय लाग्नेछ ।

हुन सक्छ की कुनै देशले आफ्नो राष्ट्रिय हितको अनुकुलताका लागि कदम उठाउन यस मौकाको प्रयोग गर्न सक्छ । दोस्रो जोखिम ट्रम्पको कदमबारे पुर्व अनुमान लगाउन असम्भव हुन सक्छ । उनको यो अप्रत्याशित स्वभाव उनका सबैभन्दा चुनौती पुर्ण विषय हो । उनले यो भन्दा पहिला पनि धेरै पटक आफ्नो निती बदली सकेका छन ।

यसको अलवा उनि प्राय: जसो चरमपन्थि निती तथा तर्क प्रयोग गर्न गर्दछन । तेस्रो जोखिमबारे उनि भन्छिन- ट्रम्पको तर्क कठोर देखियता पनि अमेरिका सधैं यो तथ्यमा आधारित रहेको छ कि अमेरिकाको स्थिती कमजोर बनिरहेको छ ।

ट्रम्पले नेटो, दक्षिण कोरिया तथा जापान सहित अमेरिकाका मित्र राष्टले यहाँ अमेरिकी सेनाको खर्च उठाउन आवश्यक रहेको बताउछन । जापान ७० प्रतिशत भन्दा धेरै खर्च भुक्तानी गरिसकेको छ । यदि अमेरिकाले आफ्नो सबै सैन्य अड्डा अमेरिकाको भुमिमा स्थानान्तरण गर्ने कोशिस गरेमा जापानले आफ्नो देशमा अमेरिकाको उपस्थिती बनाइराख्नको लागि अझ धेरै भुक्तानी गर्नु पर्ने देखिन्छ ।

जहाँ सम्म टिपीपीको सवालमा ट्रम्प तथा उनका समर्थक दुवैको यो भनाईको यो सम्झौताले अमेरिकी श्रमीकको नोकरी खोसिने भन्दै आलोचना भएको छ । यदि अमेरिकी राष्ट्रपति ओबामाले आफ्नो बचेको कार्यकालमा टीपीपीलाई स्विकृती नदिएमा टीपीपीको मुद्दामा पुन वार्ता गर्नू पर्ने अवस्था सिर्जना हुनेछ ।

ट्रम्पले आफ्नो देशमा संचालीत विदेशी कम्नीहरुमाथि धेरै कर लगाउने घोषणा गरेका छन । अमेरिकामा संचालित जापानी कम्पनी उनको सो घोषणाको अर्थ निकाल्न जुटी रहेका छन् ।

(अमेरिकामा भएको राष्ट्रपतिको चुनावमा रिपव्लीकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पको विजयको कारण तथा जापान तथा अमेरिकाको भावि सम्बन्धको बारेमा जापानका अन्तराष्ट्रिय मामिलासंग सम्बन्ध संस्थानकी अनुसन्धानकर्ता आसुका मात्सुमोतो संग गरिएको कुराकानीमा आधारित )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?