पेरिस सम्झौताको प्रक्रियालाई पुरा गर्दै जापान

जापान । जापानले सन २०२० देखि ग्लोवल वार्मिङमाथि रोक लगाउनको लागि भएको अन्तराष्ट्रिय प्रयासमा शामिल हुन जलवायु परिवर्तनसंग जोडिएको पेरिस सम्झौताको अनुमोदनको लागि आवश्यक प्रक्रिया पुरा गरेको छ ।

संयुक्त राष्ट्रमा जापानका स्थायी उप प्रतिनिधी हिरोशि मिनामीले आवश्यक कागजात संयुक्त राष्ट्रको मुख्यालयमा बुझाएका छन् ।

जापानले ३० दिन पश्चात सो सम्झौताको १०३ औं सदस्यको दर्जा पाउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?