जापानको संसद द्वारा पेरिस सम्झौता विधेयक अनुमोदन

जापान । जापानको संसद डाइटले जलवायु परिवर्तन संग सम्बन्धित पेरिस सम्झौता विधेयक अनुमोदन गरेको छ ।

मंगलवार संसदको तल्लो सभाले एकमतले त्यो विधेयक पारित गरेको हो । माथिल्लो सदनले भने यस अघि नै त्यो सम्झौता पारित गरिसकेको थियो ।

तल्लो सभामा पछिल्लो हप्ता चुनाव गर्ने तय गरिएको थियो । तर सत्तारूढ़ दल र विपक्षको विचमा प्रशान्त-तटीय मुद्दाको विषयमा साझेदारी गर्ने भन्ने कुरामा झडप भएपछि मतदान ढिलो भएको थियो ।

पेरिस सम्झौता एउटा अन्तराष्ट्रिय रुपरेखा हो जस अन्तर्गत सन् २०२० सम्ममा ग्रिन हाउस ग्यास उत्पादनलाई कम गर्ने विषयमा काम गर्ने लक्ष्य निर्धारण गरिएको छ । यो सम्झौता शुक्रवार देखि कार्यान्वयनमा जानेछ ।

जापानी अधिकारीहरुले यो सम्झौतामा सामील हुन आवाश्यक दस्तावेज़ संयुक्त राष्ट्र मा छिटो पठाउने योजना बनाईरहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?