यस्ता स्टेडियममा खेलाउँदैछ जापानले सन् २०२० को ओलम्पिकमा ३३ खेल

 

जापान । सन् २०२० मा जापानले भब्यता पुर्वक ओलम्पिक गेम गर्दैछ । जापानले अहिलेसम्मको ओलम्पिकमा खेलाइएका भन्दा फरक र अत्याधुनिक स्टेडियमहरुमा खेल खेलाउने तयारी थालेको छ ।

 

जापानले यसका लागि गतवर्ष देखिनै तयारी थालिसकेको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी आइओसीको कार्यसमिति बैठकले चार वर्षपछि टोकियोमा हुने ओलम्पिकका लागि यसअघिका खेलसंगै नयाँ पाँच खेल थप्ने निर्णय गरेको थियो ।

कराँते, सर्फिङ्, स्पोर्ट्स क्लाइम्बिङ, स्केटबोर्डिङ र सफट्बल वा बेसबलमध्ये एक हुने छन् । रियो ओलम्पिकमा भने २८ खेल समावेश भएका थिए । अत्याधुनीक स्टेडियम बनाउन यतीबेला जापान सरकार व्यस्त रहेको छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?