जापानमा यसरी मनाईयो नेपाल संवत र म्ह पुजा (फोटो फिचर )

जापान । नेवा : अन्तराष्ट्रिय फोरम जापान द्वारा आयोजित नेपाल संवत ११३७ र म्ह पुजा जापानमा सम्पन्न भएको छ । कार्यक्रममा नेवार लगायत अन्य समुदायका तथा जापानिज आगन्तुकहरु सहित झण्डै १२० जनाको सहभागिता रहेको थियो ।

विभिन्न संघ संस्थाको प्रतिनिधि समेतको उपस्थिति रहेको उक्त कार्यक्रम जापानमा पहिलो पटक यति धेरै संख्यामा सामुहिक म्ह पुजा गरेको संस्थाका महासचिव शिव तण्डुकारले बताए ।

टोकियोको कितासुना दान्ची हलमा आयोजित कार्यक्रमा नेपाल संवतको प्रवर्तक शंखधर साख्वाको फोटोमा दीप प्रज्जोलन र माल्यार्पण गरी पहिलो चरणको कार्यक्रम सुरु गरिएको थियो ।

 कार्यक्रममा नेपाल संवत ११३७ को शुभकामना आदनप्रदान गरिएको थियो। दोस्रो चरणमा नेवारी परम्परा अनुसार म्ह पुजा गरिएको थियो । आफ्नो शरीरमा कुनै प्रकारको रोगव्याध नलागोस भनेर म्ह पुजा गरिएको कार्यक्रमका सहभागीहरुले बताए ।

 कार्यक्रममा नेवारी परिकार खाँदै रमाईलो गरिरहेका  आगन्तुकहरु नेवारी सांस्कृतिक कार्यक्रमको मनोरन्जन लिईरहेका थिए ।

 कार्यक्रमको अर्को चरणमा नेपाली किक बक्सिङ्ग खेलाडी मोहन महर्जन ड्रागनलाई हालै टोकियोमा भएको प्रख्यात बक्सिङ प्रतियोगितामा बिजयी भएकोमा बधाई ज्ञापन गरीएको थियो ।

साथै आगामी मार्च ३ तारिख हुन लागेको अर्को महत्वपूर्ण प्रतियोगितामा सफलताको शुभकामना व्यक्त गर्दै उनलाई सगुन खुवाईएको थियो ।

कार्यक्रम गर्नुको प्रमुख उदेश्य भनेको प्रवासमा रहेर पनि आफ्नो मौलिक संकृतिको निरन्तरता दिने, नयाँ पुस्तालाई सिकाउँदै जाने संघको अध्यक्ष गंगा डंगोलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?