जापानका श्रमिकहरुलार्इ सेप्टेम्बर महिना बन्याे फलदायी

जापान । जापान सरकारको सर्वेक्षणले जापानका श्रमीकहरुले सेप्टेम्बरमा धेरै रकम जम्मा गरेको निष्कर्ष निकालेको छ ।

श्रम अधिकारीहरुले सो सर्वेक्षणको प्रारम्भिक नतिजालाई सोमबार औपचारिक रुपमा सार्वजनिक गरेका थिए । सो सर्वेक्षणले जापानमा रहेका ३३ हजार भन्दा बढि कारोबारको बारेमा जानकारी दिएको थियो ।

अधिकारीहरुका अनुसार जापानी श्रमीकहरुले बोनश तथा ओभर टाईमको भुक्तानी सहित एक महिनामा औषत रुपमा न्युनतम २ हजार ६५ सय यान अर्थात २५ सय डलर कमाएका छन् ।

यो नतिजाले गत बर्षमा भन्दा ०.२ प्रतिशतले आर्थिक वृद्दि भएको पुष्टि गरेको छ । उच्च आर्थिक वृद्धिदर ०.९ प्रतिशत हुदा मुद्रास्फ्रिति लागि समायोजित भएको थियो । अधिकारीहरुले बढ्दो ज्यालालाई बढ्दो अवसरको रुपमा व्याख्या गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?