आगोमा परि एकै परिवारका चार जनाको मृत्यु

जापान । जापानको निगाटा शहरको एक घरमा आगलागी हुदा तिन बालबालिका सहित चार जनाको  जलेर मृत्यु भएको छ ।

आईतबार राति  घरमा  लागेको आगोमा परि मृत्यु हुनेमा २७ बर्षिय युकिहिरो सारादा , उनका ८ र ७ वर्षिय दुई छोरा तथा ४ वर्षिय छोरी रहेकी छिन् । आगोमा परि सारादाकी २७ बर्षिय श्रीमती तथा उनकी ६८ बर्षिय सासु सामान्य घाईते भएका छन्।

सारादाको घरमा ६ जनाको परिवार बस्दै आएको थियो ।

प्रहरीका अनुसार सारादाको घरमा घरकाे दोस्रो तलाबाट आगो लाग्न सुरु भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?