जापानद्वारा रुससंग थप व्यवसायिक सहयोगकाे अाशा व्यक्त

जापान ।हाल मस्कोको यात्रामा रहेका जापानका व्यापार तथा उद्योग मन्त्री हिरोशिगे सेकोले रुससंग थप व्यवसायिक सहयोगको आशा व्यक्त गरेका छन ।

भ्रमणका क्रममा उनले रुससंग आर्थिक परियोजना को सम्भावना खोजिरहेका छन् । यस परियोजनाकाे सम्भावनालाई यहि डिसेम्बरमा हुदै गरेको जापान र रुस विचको द्धिपक्षीय शिखर सम्मेलनको लागि आधार बनाउने कोशिसको एक हिस्साको रुपमा लिन सकिन्छ ।

सेकोले शुक्रबार रुसका पुर्व विकास मन्त्री एलेक्जैन्डर गलुश्कासंग भेटवार्ता गरेका थिए ।

उनीहरुविच सुदुर पुर्वमा बन्दरगाह, हवाई अड्डा तथा पुर्वाधारको विकासमा संयुक्त अध्ययन गर्ने विषयमा सहमती भएको थियो । ताकि सो क्षेत्र एसियाको लागि निर्यात केन्द्रको रुपमा स्थापित गर्न सकियोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?