जापानमा यसरी मनाईयो सुनामी जागरुकता दिवस

जापान । जापानका तटीय क्षेत्रहरुमा जापानी नागरिकहरुले सुनामी बाट बच्ने अभ्यास गरेर विश्व सुनामी जागरुकता दिवस मनाएका छन् ।

यो दिवस हरेक वर्षको नोभेम्बर ५ तारिखमा मनाईने गरिन्छ । शनिवार जापानको मियागी क्षेत्रमा १२०० जना भन्दा मानिसहरु भेला भएर अभ्यास गरेका थिए ।

त्यो सहर २०११ मा आएको महाभूकम्प र सुनामीले धेरै नै प्रभावित भएको थियो ।
मियागी क्षेत्र र त्यसको आसपासमा ९ रेक्टर स्केलको शक्तिशाली भूकम्प आएपछि सुनामी आउन सक्ने स्थितिलाई ख्याल गरेर त्यस्तो अभ्यास गरिएको जनाईएको छ ।

चेतावनी प्राप्त गरेपछि ताइहाकु इलाकाका लगभग ४०० जनालाई एउटा प्राथमिक स्कूलको छतमा लगेर राखिएको थियो । छतमा रहेका ती नागरिकहरुलाई सुरक्षाकर्मीले हेलिकप्टरमा राखेर अस्पताल पुर्याएको थियो ।

सो अभ्यासमा सहभागी ४० वर्ष उमेरकि एक महिलाले आफ्ना तीन बच्चाहरुलाई सुनामी या भूकम्प आउँदा तुरुन्त सुरक्षित स्थानमा कसरि जाने भन्ने कुरा सिकाउन चाहेको बताएकी छिन् ।

सो अभ्यासमा लगभग १०० जना मानिसहरुलाई ७ मिटर अग्लो सिंढीमा छिटो भन्दा छिटो लगिएको थियो । अभ्यास गरिरहेका ७० वर्ष उमेर पुगेका एक वृद्धले सुनामी आउँदा अग्लो स्थान तर्फ जानु धेरै नै महत्वपूर्ण र सुरक्षित हुने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?