जापानबाट संकलित रकमले लाप्राकमा बन्ने भयो अर्को नमुना बस्ति

टोकियो । गोरखाको लाप्राकमा ६ सय वटा घर सहितको नमुना बस्ती बनाउने परियोजनामा भूकम्प पीडित राहत तथा सहयोग समिति जापानलाई  एनआरएनए आइसीसीले सघाउने भएको छ ।

जापानमा गठित राहत तथा सहयोग समितिले गत वर्ष बैशाख १२ गते गएको महाभूकम्पबाट पीडितहरुलाई  सहयोग गर्न संकलित  रकमको मौज्दात गोरखाको लाप्राकमा एनआरएन आइसीसीले घरको निर्माणको लागि सघाउने गरि रकम पठाउने भएको हो ।

सहयोगको योजना र विधि बारे एनआरएन आइसीसीका उपाध्यक्षसमेत रहेका समितिका संयोजक भवन भट्टको अध्यक्षतामा बिहिबार सहयोग समितिको बैठक समेत बसेको थियो ।

नेपालमा भूकम्प गएलगत्तै एनआरएन जापानको सक्रियता र यहाँ क्रियाशील बिभिन्न संघसंस्थाहरुको सहकार्यमा जापानको विभिन्न सहर तथा रेल स्टेशनहरुमा राहत सहयोग रकम संकलन  अभियानबाट कुल ५ करोड ३० लाख १७ हजार ३४ येन संकलन भएको थियो ।

जसमध्य तत्काल राहतका लागि एनआरएन आइसीसीको जिम्मामा ३ करोड येन नेपाल पठाईसकिएको रकमबाट खर्च भएको १२ प्रतिशत रकम बाट बचेको रकम र जापानमा रहेको मौज्दात रकम २ करोड ३० लाख १७ हजार ३४ येन लाप्राक प्रोजेक्टमा खर्च गरिने समितिले बताएको छ  ।

 

जापानबाट पठाईएको रकमबाट लाप्राकमा निर्माण हुने घरहरुमा सहयोग गर्ने व्यक्तिहरुको नामावली उल्लेख समेत गरिने समितिले जनाएको छ ।

नेपालमा महाभूकम्प गएलगत्तै एनआरएन जापानसहित जापानमा रहेका दर्जनौ संघसंस्थाहरु सम्मिलित भूकम्प पीडित राहत तथा सहयोग समिति जापान गठन भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?