नागाशाकीमा अमेरिकाले गरेको बम हमला निन्दनीय भएको रसियाका शिर्ष अधिकारीको भनाई

जापान । रसियाली संसदको माथिल्लो सदनको उच्च पदाधिकारी भ्यालेन्टिना म्याटभिनकोले जापानको नागाशाकीमा अमेरिकाले गरेको बम काण्डलाई अनावश्यक भन्दै निन्दा गरेकी छिन् ।

जापानस्थित क्सुशुको दक्षिणी क्षेत्रमा रहेको एक बम संग्राहलय तथा स्मारकको भ्रमणमा रहेकी उनले त्यस्तो बताएकी हुन् । रसिया संसदको माथिल्ला सदनकी उच्च पदस्त पदाधिकारी भ्यालेन्टिना म्याटभिनकोले नागाशाकीका प्रमुख टोमिहिया टाउलाई जापानका शहरहरुमा आणविक बम खसाल्नु वास्तवमा अनावश्यक कार्य भएको बताएकी थिईन ।

उनले सो आणविक बमबाट कति नागरिकको मृत्यु हुनसक्छ भनि एकिन गर्न असम्भव रहेको बताएकी थिइन् । त्यसैले अमेरिकाले अणुबमको परिक्षणको लागि यसो गरेको हुन सक्ने उनले बताईन ।
म्याटभिनको रसियाका राष्ट्रपति भ्लादमिर पुटिनसंग नजिक रहेकी छिन् । पुटिन अक्टोभर ३१ मा जापानको माथिल्लो सदनको निमन्त्रणामा जापानमा आएका थिए । उनले नोभेम्बर ३ मा दक्षिणी क्युशुको नेतृत्व गरेकी थिईन ।

उनीले नागाशाकीको राष्ट्रिय शान्ती स्मारक हलको आगन्तुक पुस्तकमा सो बमकाण्डका पिडीतहरुको अवस्था देख्दा आफुलाई ठुलो पिडा भएको लेखेकी थिईन ।
उनले यस प्रकारको विदारक अवस्था पुन आउन नदिनका लागि एक साथ अगाडी बढ्न जापानलाई आग्रह गरेकी थिईन । साथै म्याटभिनकोले सो बम काण्डमा मारिएका नागरिकको सम्झनामा फुलको गुच्छा पनि अर्पण गरेकि थिईन ।

सन् १९९१ मा जापानमा माइकल गोरबाचेभ सोभियत राष्ट्रपति भए पश्चात रसियन सरकारका अधिकारीको यो नागाशाकी भ्रमणलाई पहिलो दर्जामा राखिएको छ ।

उनले नागाशाकी र हिरोशिमा का नागरिकलाई आणविक निशस्त्रीकरणको लागि एक भएर अघिबढ्न आग्रह गरेकि थिईन । उनले भविष्यमा यस्तो डरलाग्दो अवस्था सिर्जना हुन नदिने समेत बताएकी छिन् ।

डिसेम्बरमा नागाशाकी र हिरोसिमा दुवै क्षेत्रको भ्रमण गर्न दुवै क्षेत्रका सरकारले राष्ट्रपति पुटिनलाई संयुक्त आग्रह गरेका छन् । म्याटभिनकोले टाउ समक्ष पुटिनले डिसेम्बरमा आफु नभ्याउने तर उनले अन्य अवसर मिलाएर सो क्षेत्रको भ्रमण गर्ने बताएको जानकारी गराएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?