जापान रुस सहयोगमा आधिकारीक स्तरको बैठक

जापान । जापानले आर्थिक सहयोगको योजनालाई अगाडी बढाउने विषयमा निर्णय लिन  रुससंग सहयोगको आह्वान गरेको छ ।

यो योजनाको प्रस्ताव जापानले रुसलाई राखेको हो । बुधबार जापानको व्यापार मन्त्री हिरोशिगे सेकोले मस्कोमा आयोजित आठ सुुत्रीय प्रस्तावमा आधिकारीक स्तरको पहिलो वार्तामा भाग लिए ।

व्यापार मन्त्री सेको सोही प्रस्ताव संग जोडिएका वार्तालाई अगाडी बढाउनको लागि रुसको यात्रामा निक्लीएका हुन् । डिसेम्बर महिनामा जापानका प्रधानमन्त्री शिंजो आबे तथा रुसका राष्ट्रपति व्लादिमीर पुटिन विच हुने शिखर सम्मेलनमा जापान तथा रुसको सरकार योजना तैयार गर्ने प्रक्रियामा छलफल गरिरहेका छन ।

वैठकको शुरुवातमा सेकोले जापान र रुस विचको द्दिपक्षीय सम्बन्धको बारेमा भविष्यमा दुवै देशका नेताद्दारा गम्भिर छलफल गर्नको लागि माहोल तयार गर्नु यस वैठकको उदेश्य हुनु पर्ने बताएका थिए।

रुसको र्आिर्थक विकास मन्त्री ऐलैक्ज़ेइ उल्युकायेफ़ ले यो वैठकले दुवै देशविचको आर्थिक सहयोगको नयाँ ढोका खोलिने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?