म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकी जापान भ्रमणमा

जापान । म्यानमारकि नेतृ आङ सान सुकी जापानको पाँच दिवसीय भ्रमणमा जापान आईपुगेकी छिन् । उनी मंगलवार बेलुका टोकियो आईपुगेकी हुन् ।
सुकी म्यानमारको राजकीय सल्लाहाकार र विदेशी मन्त्री समेत हुन् र उनले समग्रमा देशकै नेतृत्व गरिरहेकी छिन् ।

म्यानमारमा जनताको नेतृत्व पाएको सरकार सत्तामा आएपछि यो उनको पहिलो जापान भ्रमण हो । जापान भ्रमणको क्रममा सुकीले बुधवार टोक्योमा जापानका प्रधानमन्त्री सिन्जु आवेलाई समेत भेटि सकेकी छिन् ।

भ्रमणको क्रममा सुकी क्योतो विश्वविद्यालयमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा सहभागी भएकी छिन् । हजारौ विद्यार्थीहरु सम्मिलित सो कार्यक्रममा सूचीले प्रजातान्त्रिक आन्दोलन, सामाजिक अन्तरविरोध र राजनीतिको विषयमा आफ्ना धारणाहरु व्यक्त गरेकी थिईन् । सुकीले समेत पहिले यो विश्वविद्यालयमा अनुसन्धान गरेकी हुन् ।

त्यसतै जापानको भ्रमणमा सुकीले जापानलाई म्यानमारको आर्थिक वृद्धिमा जोड दिने गरि जापानलाई सहयोग गर्न आग्रह गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?