जापान भित्रिने पर्यटकको संख्या २ करोड नाघ्यो

जापान ।जापानमा यस वर्ष २ करोड पर्यटक भित्रिएका छन्। आईतवार जापान मन्त्रालयले बताए अनुसार यो संख्या वर्षकै सबैभन्दा उच्च हो

अघिल्लो वर्ष लगभग 1 करोड़ 97 लाख विदेशी पर्यटक भित्रिएको पर्यटन मन्त्री केइइचि इशिइले सोमबार एक कार्यक्रममा घोषणा गरेका थिए ।

सेप्टेम्बर महिनाको अन्त्यसम्ममा अनुमानित 1 करोड़ 79 लाख विदेशी जापान आएका थिए । जापानको भिसा नियम खुकुलो भएका कारण विदेशी आगन्तुकहरुको संख्या बढेको जनाईएको छ ।

जापान तथा अन्य एशियाली देशहरुको गन्तव्य स्थलहरुको विचमा हवाईमार्ग बढ्दै गएपछि चीन, दक्षिण कोरिया र ताईवानबाट जापान आउने पर्यटकको संख्या बढेको पनि जापान मन्त्रालयले जनाएको छ।

सरकारले बताए अनुसार आफ्नो आर्थिक विकास रणनीति अन्तर्गतनै आफुले पर्यटनलाई बढावा दिन चाहेको छ ।  अत्याधिक पर्यटकहरुलाई आकर्षित गर्नको लागि जापान सरकारले हवाईअड्डा तथा बन्दरगाहहरुमा थप सुधार ल्याउन चाहेको छ ।

जापान सरकारले क्षेत्रीय इलाका तथा सांस्कृतिक विरासत बोकेका राष्ट्रिय संस्थानहरुलाई पर्यटक स्थलको रुपमा विकास गर्न चाहेको पनि बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?