जापानी अन्तरिक्ष यात्री ओनिसी पृथ्वीमा फर्किए

जापान । जापानी अन्तरिक्ष यात्री ताकुया ओनिसी सहितको टोली आफ्नो मिसन पुरा गरि अन्तरिक्षबाट पृथ्वीमा फर्किएका छन् ।ओनोसी भूतपूर्व पायलट तथा ११ औं जापानिज अन्तरिक्ष यात्री हुन् । उनी जुलाई महिना देखि अन्तरिक्षमा अनुसन्धानरत थिए ।

ओनोसी रसियन सोयुज स्पेसक्राफ्टमा ९ बजे शनिवार आफ्ना दुई अमेरिकन र रसियन सहयोगीहरु सहित अवतरण भएका थियो ।स्पेसक्राफ्ट आईतवार आईएसएस क्षेत्र छोडेर वायुमण्डलमा प्रवेश गरेको थियो । प्रवेश गरेको ३ घण्टा पछि त्यो स्पेसक्राफ्टको दुईवटा मध्य ३ वटा भाग छुट्टिएको थियो ।

त्यसपछि सो स्पेसक्राफ्ट काजाकिस्तानमा अवतरण भएको थियो । सुरक्षित अवतरण गरि पृथ्वीमा फर्किएका सबै अन्तरिक्षयात्रीहरुको स्वास्थ्य अवस्था ठिक भएको जापानी अन्तरिक्षका अधिकारिहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?