म नेपाली ग्रुप जापानद्वारा आयोजित देउसी भैलो कार्यक्रम सम्पन्न

टोकियो । महिलाहरुको समूह म नेपाली ग्रुप जापानले आयोजना गरेको देउसी भैलो २०१६ भव्य रुपमा सम्पन्न भएको छ ।

तिहारको अवसर पारि विगतको वर्ष झैँ यस वर्ष पनि देउसी भैलो कार्यक्रम बाराकाँडे रेष्टुरेन्टको सभा हलमा सम्पन्न गरिएको हो ।

ग्रुपकी संयोजक स्मृति आचार्यको सभापतित्वमा सुरु भएको देउसी भैलो कार्यक्रममा अतिथिहरु नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष तिलक मल्ल, स्याङ्ग्जा समाज जापानका सल्लाहकार दिनेश गुरुङ, समाजकै कोषाध्यक्ष सुरेश रेग्मी, डिजे जोन छन्त्याल, बाँके बर्दिया समाज जापानका अध्यक्ष जनक विक्रम शाही, गोरखा समाज जापानका संयोजक चुडामणि भट्टराई, रुपन्देही समाज जापानका अध्यक्ष पशुपति गिरी, मोना जापानका अध्यक्ष महेन्द्र बानियाँ, रामेछाप समाज जापानका अध्यक्ष उत्तम श्रेष्ठ, नेपाल जापान डट कमका सम्पादक आनन्द कोइराला, एभिन्यूज टेलिभिजन जापान व्यूरो प्रमुख उत्तम गौडेल, जापान सन्देश डट कमका प्रकाशक रविन्द्र गोर्खाली लगायतको उपस्थिति रहेको थियो । सो कार्यक्रमको संचालन सरु लम्सालले गरेकी थिइन् ।

नेपालको राष्ट्रिय गानबाट सुरु गरिएको सो कार्यक्रममा स्वागत मन्तव्य ग्रुपकी सदस्य कमला कार्पीले राखेकी थिइन् । सो कार्यक्रममा डिजे छन्त्याल, स्याङ्ग्जा समाजका कोषाध्यक्ष रेग्मी लगायतले तिहारको शुभकामना मन्तव्य राखेका थिए ।

देउसी भैलो कार्यक्रममा नेपालबाट आमन्त्रित गायिका जमुना सनम, जापानमै रहेका गायक विनोद भण्डारी, गायक समुद्र राज पौडेल, गजलकार रविन शर्मा लगायतले आफ्नो सांगीतिक प्रस्तुति दिएका थिए भने नृत्य समेत प्रस्तुत गरेका थिए ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?