तीन जापानी डान्सर अन्तर्राष्ट्रिय ब्यालेट प्रतियोगीतामा उत्कृष्ट

जापान । जापानका तिन डान्सर रसियामा आयोजित अन्तर्राष्ट्रिय ब्यालेट प्रतियोगिताका विजेता बन्न सफल भएका छन् ।

भ्यागानोभा व्यालेट एकेडेमीद्दारा आयाेजना गरिएको सो प्रतियोगितामा विश्वका शिर्ष व्यालेट विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

सो प्रतियोगितामा सहभागी ५५ डान्सर मध्ये १३ देखि १९ वर्ष सम्मका सहभागीलार्इ तिन समुहमा विभाजन गरिएको थियो ।अन्तिम चरणको कार्यक्रम पश्चात प्रतिगोगिताका विजेताको घोषणा भने सेन्ट पिटर्सबर्ग हर्टीमेज थिएटरमा गरिएको थियो ।

सो प्रतियोगितामा जापानको सैटमा प्रान्तकी १५ बर्षिय हारुइ सिमादाले महिला जुनियरको उपाधी जितेकी छिन् । त्यस्तै १६ बर्षिय इरिना योसिईले महिला जुनियर कै दोस्रो उपाधी जितिन् ।

त्यस्तै पुरुष तर्फ भने १७ वर्षिय मार्क चिनो दोस्रो उपाधी हात पार्न सफल भएका थिए । सिमादा यो प्रतियोगितामा प्रथम हुने पहिलो जापानी प्रतियोगी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?